काठमाडौं- गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यलयमा रहेका डा शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव डा विश्वबन्धु वगाले अध्ययनका लागि अष्ट्रेलिया अध्ययनका लागि गएपछि स्वास्थ्य मन्त्रालय सचिव विहीन भएको थियो।