काठमाडौं– नेपालमा थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्।
यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १७ पुगेको छ। नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ३६ रहेको छ।