काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु भएको छ। आज र भोलि उपत्यका बाहिर निर्वाचन हुँनेछ।
आज बिहान ९ बजेबाट ४ बजेसम्म उपत्यकाबाहिरका १६ मतदान केन्द्रबाट मतदान भइरहेको ।
काठमाडौँ उपत्यकामा भने आगामी १९, २० र २१ गते निर्वाचन हुँदैछ। चिकित्सक संघको नयाँ कार्यसमितका लागि हुने निर्वाचनमा १२ पदका लागि निर्वाचन हुँदैछ।
डा अनिलविक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको नेतृत्वमा पेशागत समावेशी समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीनवटा प्यानल प्रतिस्पर्धामा छन्।





