काठमाडौं- पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान अस्पतालबाट डिस्चार्ज भएका छन्। कलेजोमा समस्या आएपछि पुन सुमेरु अस्पताल भर्ना भएका थिए।
स्वास्थ्यमा सुधार आएपछि पुनलाई डिस्चार्ज गरिएको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले बताए। तर उनलाई चिकित्सककै निगरानी राखेर खानपिनलगायत सम्पूर्ण कुराको ख्याल गरिने भएको छ।
'कलेजो कमजोर भएर उहाँमा जुन समस्या देखिएको थियो त्यसमा सुधार आएपछि डिस्चार्ज गरेका छौं' शर्माले भने, 'उहाँले अब घरमै आराम गर्नुपर्ने हुन्छ।'
थप उपचार कलेजो प्रत्यारोपण नै रहेकोले त्यही सुझाव परिवारलाई दिएको डा शर्माले बताए।