काठमाडौं- निजी अस्पतालहरुको छाता संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को बागमती प्रदेश अध्यक्षमा चण्डेश्वरा नन्द राज वैद्य निर्वाचित भएका छन्। वैद्य चिरायु अस्पतालका संचालक हुन्।
अफिनको केन्द्रीय कार्यालयमा भएको बागमती प्रदेशको प्रथम साधारण सभाले वैद्यको अध्क्षतामा ७ सदस्यीय प्रदेश समिति गठन गरेको हो।
साधारण सभाले उपाध्यक्षमा नारायणी सामुदायिक हस्पिटलका विष्णु कुवँर, सचिवमा मेट्रो काठमाडौँ हस्पिटलका टोपेन्द्र प्रकाश ओली, कोषाध्यक्षमा डा युवा मुरा मेमोरियल हस्पिटलका राजु मृगेन्द्र जोशीलाई निर्विरोध निर्वाचित गरेको छ।
त्यसैगरी सदस्यहरूमा काठमाडौं इनटी हस्पिटलका राजन कुमार श्रेष्ठ, भक्तपुर इन्टरनेशनल हस्पिटलका रामजी कुमार श्रेष्ठ, भ्याली हस्पिटलका कुमार राज पन्त निर्वाचित भएका छन्।