काठमाडौं- सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आइसीयूको स्वास्थ्य मन्त्री पदम गिरीले औपचारिक उदघाटन गरेका हुन्।
मन्त्री गिरीले आइतबार आइसीयू सेवाको सुरुवात गरेका हुन्। दादुरा प्रभावित क्षेत्रको अवलोकनपछि मन्त्री गिरी क्यान्सर अस्पतालमा समेत पुगेका थिए। सो क्रममा उनले क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता गरेका छन्।