काठमाडौं- सम्यक डायग्नोस्टिक प्रालीले बुढानिलकण्ठमा आफ्नो शाखा विस्तार गरेको छ। सम्यकले सोमबार औपचारिक रुपमा बुढानिलकण्ठमा रहेको शाखाबाट सेवा सुरु गरेको हो।
योसँगै सम्यकको सेवा अब जावलाखेल, मध्ये बानेश्वर, गठ्ठाघरसहित बुढानिलकण्ठमा समेत विस्तार भएको छ। बुढानिलकण्ठमा पहिलो चरणमा नमुना संकलन शाखा स्थापना गरिएको हो।
बुढानिलकण्ठको शाखाबाट बिहान रगत, दिसा पिसाबको नमुना संकलन गरेर जावलाखेलको प्रयोगशालामा नै पठाइने र मोबाइल तथा अनलाइन मार्फत रिपोर्ट उपलब्ध गराइने सम्यकका अध्यक्ष डा केयूर गौतमले जानकारी दिए।
'बुढानिलकण्ठ क्षेत्रका मानिसहरुका लागि लक्षित गरेर शाखा विस्तार गरेका हौं,' उनले भने, 'यो क्षेत्रका मानिसहरुले गुणस्तरीय प्रयोगशालाको खोजीमा धेरै टाढा जान नपरोस् भनेर शाखा स्थापना गरेका हौं।' उनले नागरिकको चाहना अनुसार शाखामा सेवा थप गर्दै लगिने जानकारी दिए।
सम्यक डाइग्नोस्टिक अन्तराष्ट्रिय मान्यता आइएसओ १५१८९ पाउने नेपालको पहिलो प्याथोलोजी प्रयोगशाला हो।
![samyak budhanilakantah1.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-01-12/samyak budhanilakantah1.jpg)
![samyak blood sample.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-01-12/samyak blood sample.jpg)