काठमाडौं- सरकारी चिकित्सक संघले विभिन्न १० बुँदे माग अघि सारेको छ। अध्यक्ष डा रविन खड्का, महासचिव डा किर्तिपाल सुवेदी लगाएतले बुधबार स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीलाई भेटेर १० बुँदे माग राखेका हुन्।
संघले चिकित्सकलाई संघीय मन्त्रालयबाट नै सरुवा, बढुवा, खटन पटन आदि हुने व्यवस्था मिलाउनुपर्ने, अध्ययन पश्चात् छात्रवृत्ति करारलाई जस्तै स्थायी चिकित्सकलाई समेत नवौँ सरह पदनाम तथा सेवा सुविधा दिनुपर्ने, अन्य सेवा समूह सरह मेडिकल तथा सर्जिकल विषयहरूको सेवा प्रकृति बमोजिम हजार्ड र जोखिम भत्ताहरू उपलब्ध गराउनुपर्ने लगाएतका माग संघले राखेको छ।
यस्तै चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई उपचार निःशुल्क हुने र आवश्यक पर्दा अनुदान उपलब्ध गराउने व्यवस्था लागू गर्ने संघले राखेको छ।
यस्ता छन् मागहरु
