काठमाडौं- नेपालमा थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ५२ पुगेको छ।