काठमाडौं- भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी सेवा सञ्चालनमा छ। अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।
नि:शुल्क ओपिडी सेवामा थाइराइडको जाँच तथा परीक्षणका लागि आउनेहरुको संख्या बढीरहेको सेन्टरले जनाएको छ। सेन्टरले थाइराइडको विषयमा सचेतना बढाउनुका साथै बिरामीको समस्या समयमा नै पहिचान गर्नका लागि नि:शुल्क ओपिडी सञ्चालनमा ल्याएको जनाएको छ।
पछिल्लो समयमा धेरै मानिसहरूलाई थाइराइड सम्बन्धी समस्या छ। कसैलाई हाइपो र कसैलाई हाइपरको समस्या छ भने केही मानिसहरूमा यसको क्यान्सर हुने अवस्था पनि बढ्दो देखिएको छ। सेन्टरले क्यान्सर सपोर्ट एन्ड अवेरनेसन नेपालसँगको सहकार्यमा निशुल्क ओपिडीसँगै थाइराइड सम्बन्धी विभिन्प परीक्षणमा विशेष छुटको व्यवस्था गरेको हो।