काठमाडौं– नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान डा विनोद निकिता कँडेल आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिबिरबाट ६३४ जना लाभान्वित भएका छन्। रोटरी क्लब अफ नवलपरासीसँगको सहकार्यमा सरावल गाँउपालिकाको मनरी हेप्थपोष्टमा माघ १३ गते आयोजना गरिएको उक्त आँखा शिविरमा आँखा परीक्षण गराएकाहरुमध्ये २५० जना बिरामीहरुमा मोतिबिन्दु रोग देखिएको छ।
मेतिबिन्दु देखिएका २५० जना बिरामीको डा बिनोद निकिता कँडेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने अस्पतालका व्यबस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिए।
मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।