काठमाडौं- स्वास्थ्य बिमा बोर्डले तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन अग्रह गरेको छ।
कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आधिकारिक रकम नखुलेको बिल भर्पाई पेश गर्ने गरेको भनदै बोर्डले तालिम प्राप्त व्यक्तिबाट दाबी प्रविष्ट सम्बन्धी यथेष्ठ जानकारी गराएर मात्र सो जिम्मेवारी दिन आग्रह गरेको हो।
'कतिपय संस्थाहरुमा तालीम प्राप्त व्यक्ति सरुवा भएर वा अन्य कारणबाट नयाँ कर्मचारीलाई दाबी प्रविष्टीको जिम्मेवारी दिँदा विभिन्न त्रुटी भएको पाईएकोले दाबी अनुसार भुक्तानीमा थप कठिनाई परेको छ,' बोर्डले जारी गरेको सूचनामा भनिएको छ, 'तालिम प्राप्त व्यक्तिको अनुपस्थितीमा दाबी प्रविष्ठ गर्नुपर्ने अवस्थामा यस सम्बन्धी तालिम प्राप्त व्यक्तिबाट दाबी प्रविष्ट सम्बन्धी यथेष्ठ जानकारी गराएर मात्र सो जिम्मेवारी दिई कार्य गराउन अनुरोध छ।'
हेर्नुहोस बोर्डको विज्ञप्ति: