इटहरी- सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओली चिकित्सा रत्न सम्मान २०२३ बाट सम्मानित भएका छन्।
भारतको आरोग्य गुरु राष्ट्रिय हिन्दी मासिक स्वास्थ्य पत्रिका र डाक्टर यदुवीर सिन्हा होमियोपैथिक मेडिकल कलेज एण्ड हस्पिटल दरभंगाद्वारा इटहरीमा रहेर लामो समयदेखि चिकित्सा क्षेत्रमा गरिब, विपन्न तथा उपेक्षित वर्गका विरामीहरुलाई निःशुल्क औषधि उपचार, परामर्श लगायतका जिवन उपयोगी सेवाको कार्य गरेको भन्दै डा ओलीलाई सम्मान गरिएको हो।
डा ओलीको नेतृत्वमा विभिन्न समयमा ग्रामिण क्षेत्रमा गएर विपन्न वर्गका लागि निःशुल्क चिकित्सा सेवा दिने गरिएको छ। डा ओलीले यो सम्मानले आफूलार्ई विपन्नको चिकित्सा सेवामा निरन्तरता दिन थप प्रेरणा मिलेको बताए।