काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
उनी लामो समय चिकित्सा पेशामा आवद्ध थिइन्। हालै कार्की रष्ट्रिय स्वतन्त्र पार्टिबाट सासद बनेकी छन्।
चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन बिहीबार ५८९ मत खसेको छ। काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ५८९ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।
काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन शुक्ररबार र शनिबार पनि हुनेछ। यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो। १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्। निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना छन्। यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ।