काठमाडौं- स्वास्थ्य पत्रकारहरुको छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन्। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना, महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा र सिर्जना कार्की चयन भएका छन्।
त्यसैगरी मञ्चको प्रदेश संयोजकहरुमा प्रदेश १ मा जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा बिना न्यौपाने, लुम्बिनी प्रदेशमा बासुदेव न्यौपाने र कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन भएका छन्। सुदूरपश्चिम प्रदेशमा कार्यसमितिले पछि तोक्ने छ।