काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु चलिरहेको छ।
आफ्नो माग पुरा गर्न भन्दै पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिसकेपनि रास्वपा हालसम्म अनिर्णीत रहेको छ। यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो। रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।
बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ। नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पार्टी सभापति रवि लामिछानेले यसअघि सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए। गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि उनले फेरि मन्त्री हुन दौडधुप गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई गृह मन्त्रालय नदिने अडान लिए। उक्त पार्टीबाट स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की छन्। रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे स्वास्थ्य राज्यमन्त्री डा तोशिका कार्की, शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल आजै सरकारबाट फिर्ता हुनेछन्।
यता सत्ता साझेादर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमतिअनुसार उनलाई गृह मन्त्रालय दिनुपर्ने अडान राख्दै आएका छन्।