काठमाडौं - प्रजातन्त्रवादी चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका डा जनिथलाल सिंह माथि लाठी चार्ज गर्ने प्रहरीलाई तत्काल कारबाहीको माग गरेको छ।
संघले विज्ञप्ति जारी गरी डा सिंह माथि लाठी चार्ज गर्ने प्रहरीलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको हो। घटनामा संलग्न प्रहरी माथि कारबाही नभए जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘डा जनिथलाल सिंहको स्वास्थ्य लाभको कामना गर्दै उक्त अमानवीय क्रियाकलापमा संलग्न दोषि माथि कानूनी कारबाही नगरिएको अवस्थामा यस संघ जस्तोसुकै अप्रिय कदम चाल्न पछि नपर्ने व्यहोरा समेत जानकारी गराउँछु।’
संघले उक्त घटनाको घोर भत्र्सना समेत गरेको छ।