काठमाडौं- सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा अमिरबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
सोसाइटीको शनिबार भएको निर्वाचनमा डा श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्। सोसइटीको प्रेसिडेन्ट इलेक्टमा डा अनिल श्रेष्ठ, महासचिवमा डा बासुदेव पराजुली, सहसचिवमा डा सन्दिप भण्डारी, कोषाध्यक्षमा डा पुजा थापा र सहकोषाध्यक्षमा डा निनादिनी श्रेष्ठ निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमा डा तारा गुरुङ, डा अमित शर्मा भट्टराई, डा सुरज लामिछाने, डा रुपेश कुमार गामी र डा प्रकृती पोखरेल निर्वाचित भएका छन्।