काठमाडौं- गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, पर्वत र बाग्लुङ गरि ३ जिल्लामा १४ औं चरणमा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान संचालन हुँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा स्वास्थ्य सेवा विभागस्तरको निर्णयानुसार २०७९ साल फाल्गुण ११ गते देखि औषधि सेवन कार्य सञ्चालन हुँदैछ।
जस अन्तरगत आम औषधि सेवनका लागि लमजुङ जिल्लामा जम्मा १ लाख ४९ हजार ५ सय २१ जना, पर्वत जिल्लामा १ लाख २८ हजार ८ सय ७४ जना तथा वाग्लुङ जिल्लामा २ लाख ४६ हजार ६ सय ४६ जना गरि जम्मा ५ लाख २५ हजार ४१ जनामा औषधी खुवाउने लक्ष्य रहेको छ।
गण्डकी प्रदेशका सामुदायिक जनस्वास्थ्यको सुनिश्चितताका लागि ति जिल्लाका सबै राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालयहरु, अस्पतालहरु, स्थानीय तहहरुमा समन्वय गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।