ग्याल्पो ल्होसार प्रत्येक वर्ष फाल्गुन शुुक्ल पक्षको प्रतिपदाका दिन मनाउने गरीन्छ। तामाङ समुदायमा चिनिएको ग्याल्पो ल्होसार पर्व कर्णालीका मुगु , जुम्ला , हुम्ला , डोल्पा जिल्लाका उत्तरा भेगमा स्थायी तथा अस्थायी रुपमा बसोवास गर्ने समुदायलेले भव्यताका साथ मनाउँछन्।
नयाँ वर्षका रुपमा चिनिने यो पर्व यस वर्ष २१५० औँ वर्ष हो। मुसा, गाई, बाघ, खरायो,ड्रागन (मेघ), सर्प, घोडा,भेडा,बाँदर चरा,कुकुर र बराहगरी १२ वर्गमा विभाजन गरिएको छ। यसवर्ष ह्यो ल्हो (खरायो) को रुपमा रहेको छ।
आज नयाँवर्ष १ गतेदेखि महिनौ दिनसम्म नातेदार, आफन्तजन, इस्टमित्र समुदायमा बसोबास गर्ने सबैसँग खानपिन, स्वागत सत्कार, स्थानीय पराम्परा सहितका नाचगान सेलो नाच, धनुबाण खेल जस्ता कृयाकलाप यस क्षेत्रमा गरिन्छ। यस क्षेत्रमा न्युन रोजगारी र ज्यालादारीको आम्दानीले ल्होसार पर्व मनाउने क्रममा प्रयोग गरिने खाधान्न परिकारहरु मासु, छयाङ, पुरी तथा गुलिया तथा चिल्ला पदार्थको बढी मात्रामा प्रयोग हुने गरेको पाइन्छ। तयारी खानाका परिकारहरु लामो समयसम्म राखेर खाने तथा कामको व्यस्तताले बुढो उमेरका व्यक्तिहरुमा सरसर्फाइको समेत कमी हुन्छ।
उसो ल्होसार पर्वले मेलमिलाप, सद्भाव, भाइचाराको सम्बन्ध त बढाउला तर खानपिनको असावधानीले थप स्वास्थ्य समस्या तथा रोगी बनाउने सम्भावना छ। ५ दिनपहिले लामात्रै उच्च रक्तचापका कारण मुगुम कार्मारोङ ६ का पेमालामाकी आमाको घरमै मृत्यु भएको छ। अर्को कुरा यस नयाँ वर्षले स्वतः १ वर्ष नपुगेका बालबालिकाको १ वर्ष र १ वर्ष पुगेकाको उमेर २ वर्ष गणना हुनाले स्वास्थ्य सेवा र १५ महिनाभित्रै लगाउने खोप सेवा छुटन सक्छन। साथै ल्होसार पर्वलाई कम खर्चिलो, सावधानीपूर्वक र लोप हुन लागेका परम्मपरा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन आवश्यक छ।
(लेखक मुगुमकार्मारोङ गाउँपालिका मुगुका जन स्वास्थ्य निरिक्षक हुन्।)
्