काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत सहसचिव मदन भुजेलको सरुवा भएको छ। भुजेलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो।
भुजेलको सरुवा भएपछि सरकारले उनको स्थानमा तुलसीनाथ गौतमलाई पठाएको छ। गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिए। भौतिकबाट गौतमलाई स्वास्थ्यमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।