काठमाडौं- बिना कुनै कारण कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकारबाट बाहिरिएका छन्।
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोलेको एक घण्टा बित्न नपाउँदै मन्त्री गिरी आफैँ सरकारबाट बाहिरिएका हुन्।
कार्यक्रममा उनले कर्मचारीको जिम्मेवारी हेरफेर आफ्नो प्राथमिकतामा नरहेको बताएका थिए। कर्मचारीहरुलाई चेसको गोटीजस्तो यता उता नपु¥याउने बताएपनि उनले केही साता अघि मात्र जिम्मेवारी हेरफेर गरेका थिए।
गिरी माघ ३ गते स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए। उनको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ।