बिरामीको स्वास्थ्य र सुरक्षा अस्पताल, नसिङ होम, स्वास्थ्यचौकी र क्लिनिकहरुको पहिलो प्राथमिकतामा रहन्छ। बिरामी उपचारको लागि प्रयोग हुने मेडिकल उपकरण कतिको भरपर्दो र विश्वसनिय छ? उपचारमा संलग्न डाक्टर, नर्सको प्रश्न वा सोचाइ रहन्छ। उपचारमा प्रयोग हुने मेडिकल उपकरण विश्वसनिय छ भने उपचारमा संलग्न चिकित्सकले दिने सेवा दिन भरपर्दो हुन्छ। त्यसकारण मेडिकल उपकरणको विश्वसनियता अत्यन्त महत्वपूर्ण छ। प्रयोगकर्ताहरुलाई सेवा दिन र सार्वजनिक स्वास्थ्य र सुरक्षासँग सम्झौता नगरिएको सुनिश्चित गर्नु र उपचारमा प्रयोग भइरहेको मेडिकल उपकरणले राम्रो जाँच गरेको छ कि छैन भनेर मेसिनको चेकअप गर्नुलाई उपकरण क्यलिब्रेसन भनेर बुझ्नु पर्दछ। साथै राम्रो रिजल्ट नदिएकोे मेसिनलाई राम्रो अवस्थामा ल्याएर सही रिजल्ट दिने बनाउनु क्यलिब्रेसन हो।
कुनै पनि उपकरणको निश्चित आयू हुन्छ। आयू सकिएसँगै मेडिकल उपकरणमा समस्या उत्पन्न हुन आउँछ। जसले दिने प्रभावकारितामा प्रत्यक्ष असर गर्दछ। उपकरणको प्रभावकारिता कायम राख्न र बिरामीलाई हानी पुर्याउने जोखिम कम गर्न निश्चित समयमा वा वार्षिक रुपमा क्यालिब्रेसन आवश्यक रहेको छ। मेडिकल उपकरण वारेन्टी वा ग्यारेन्टीमा हुँदाको समयममा बिक्रेताले क्यालिब्रेसन गर्दछन् भने वारेन्टी समाप्त भएको अवस्थामा अस्पताल, स्वास्थ्य चौकी, क्लिनिकहरुमा बायोमेडिकल प्राविधिक स्वयम आफैले क्यालिब्रेसन गर्नुपर्ने हुन्छ। नेपालमा केही संस्थामा बाहेक क्यालिब्रेसन प्रविधिलाई नियमित प्रयोगमा ल्याउन सकिएको छैन। मेडिकल उपकरणमा समस्या रहेको तर प्राविधिकले पत्त लगाउन नसेको समस्या वा त्रूटीहरु क्यालिब्रेसनले पत्ता लगाई समस्या समाधान गर्न सहयोग गर्दछ। क्यालिब्रेसन उपकरणले ठिकसँग काम गरिरहेको छ र यसले दिने नतिजाहरु सही छन् भनी प्रमाणित गर्नेको लागि गरिन्छ। एक बायोमेडिकल प्राविधिकको रुपमा मेडिकल उपकरणहरु सही, सुरक्षित र प्रयोग गर्न विश्वसनिय छ भनेर निश्चित गर्ने बायोमेडिकल प्राविधिकलाई जिम्मेवारी दिइएको हुन्छ। जसले गर्दा क्यालिब्रेसन गर्ने सम्बन्धी तालिम प्रत्येक स्वास्थ्य संस्थामा कार्यरत बायोमेडिकल जनशक्तिलाई दिन आवश्यक छ। थोरै बायोमेडिकल प्राविधिकले आफ्नो दैनिक जीवनमा क्यालिब्रेसनको महत्वपूर्ण भुमिका र महत्वलाई महसुस गर्दछन्। क्यालिब्रेसनले अनुसन्धान, विकास र विश्वनिय सुनिश्चिततामा सुधार ल्याउन मद्दत गर्दछ जसले प्रविधिक र चिकित्सक दुवैको मनोबल उच्च बनाउने काम गर्दछ।
विकास र नविनताको खोजिमा विश्वव्यापी लाखौ मानव निर्मित सेवा सामानहरु निरन्तर विस्तार भइरहेका छन्। जसमध्ये कतिपय मेडिकल उपकरण पनि रहेका छन्। मेडिकल उपकरणमा मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स समयसँगै निरन्तर विकास र परिमार्जन भईरहेका हुन्छन्। त्यसैले उक्त प्रयोगमा रहेको उपकरणको आयू पनि निश्चित हुने हुन्छ। प्रयोगमा रहेको उपकरण सही रिर्पोट दिन्छन् वा दिदैँनन् भनि थाहा पाउन र यसलाई नियमति रुपमा तालिका बनाई क्यालिब्रेसन गर्नुपर्दछ। बायोमेडिकल प्राविधिकले संस्थामा हुने कुनैपनि कामको क्वालिटी कन्ट्रोल गरी लग बुक राख्ने गर्नुपर्दछ। यस्तो तरिकाले गरेको कामको दक्षता, स्थिरता र विश्वनियतामा मजबुत हन्छ। जसलयाई बायोडिकल इन्भेन्ट्रिमा समावेश गर्न जरुरी छ। यसले दिने रिर्पोटमा प्रयोगकर्ताहरुले ढुक्क भएर काम गर्ने वातावरण बायोमेडिकल प्राविधिकले बनाउनु पर्दछ। आदि इत्यादी कारणले गर्दा बायोमेडिकल प्राविधिकको लागि क्यालिब्रेसन महत्वपूर्ण हुनाले बायोमेडिकल जनशक्ति स्वास्थ्य सेवाको लागि महत्वपूर्ण बन्दै गइरहेको छ।
मेडिकल उपकरण बाहेक हामिले दैनिक रुपमा प्रयोग गर्ने यातायात, टेलिफोन, मोबाइलफोन, कम्प्युपटर,पेट्रोल पम्प, दैनिक खाद्य बस्तु, ढुवानी, सुन जस्ता मानव निर्मित सेवा, सुविधा र सामानको निरन्तर विस्तार र विकास भैरहेको हुँदा यस्ता सामानको पनि क्यालिब्रेसन गर्न आवश्यक रहेको छ। स्वास्थ्य सेवाको लागि स्वास्थ्य निकायको तथा दैनिक उपभोग्य बस्तुको लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ।
(लेखक नेपाल अर्थोपेडिक अस्पतालमा बायोमेडिकल टेक्निसियनको रुपमा कार्यरत छन्।)