काठमाडौं- कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत उनमा हल्का इन्फेक्सन भने देखिएको छ।
भण्डारीका सहयोगी योगराज कँडेलले हल्का इन्फेक्सन देखिएकोले एन्टिबायोटिक्स चलाइएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
यद्यपि ज्वरो भने नआएको र अरु पारामिटर सवै सामान्य रहेको उनको भनाइ छ। उनका अनुसार आज ड्रेसिङको काम हुनेछ।