काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी लिलानाथ भण्डारीलाई दिइएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भण्डारीलाई परिषद्को निमित्त रजिष्ट्रारको कार्यभार दिइएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
परिषद्का रजिष्ट्रार पुष्प खनालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो।