नेपालगन्ज- वेस्टर्न अस्पताल नेपालगन्जमा अत्याधनिक सुविधा सहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ। अस्पतालले ८ शय्याको लेभल ३ आइसीयू सेवा सञ्चालनमा ल्याएको हो।
आइसीयूमा भर्ना हुने हरेक बिरामीका लागि एक/एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर ड्यूटीमा रहने व्यवस्था मिलाइएको छ। यस्तो सुविधा भएको आइसीयू संचालन गर्ने वेस्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो निजी अस्पताल भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताए।
आइसीयूमा भर्ना हने बिरामीमा हुने बिरामीको स्वास्थ्य सुचकहरुको बारेमा जानकारी दिनका लागि विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनसार बिरामीको हेल्थ इन्डिकेटर इन्फरमेसन सिस्टम मिलाइएको छ। आइसीयूमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्सहरु कार्यरत छन्।
अस्पतालले आइसीयूमै डायलाइसिस सेवा पनि सञ्चालन गरेको छ। ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन्। अस्पतालले आइतबारदेखि ६ शय्याको एचडीयू सेवा पनि सुरु गरेको छ। केही दिनभित्र ६ शय्याको एनआइसीयू सञ्चालनको तयारी गरिरहेको थापाले जानकारी दिए।