काठमाडौं- ओमानले सुर्तीजन्य पदार्थको प्याकेजिङ गर्दा प्लेन प्याकेजिङ (बट्टाको सबै भागमा चेतावनीमुलक सन्देश)को अवधारणा सुरु गरेको छ। सन् २०३० सम्म सुर्तीजन्य पदार्थको प्रयोग ३० प्रतिशतले घटाउने विश्व स्वास्थ्य संघठनको योजना छ। उक्त योजनाको लागि ओमानको यो कदम निकै महत्वपूर्ण भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ।
पूर्वी भूमध्य क्षेत्रमा साउदी अरेबिया पछि प्लेन प्याकेजिङको अवधारणा सुरु गर्ने ओमान दोस्रो राज्य हो। यो कदम विश्व स्वास्थ्य संगठन फ्रेमवर्क 'कन्भेन्सन अन टोब्याको कन्ट्रोल' अन्तर्गत नै रहेको जनाइएको छ। उक्त फ्रेमवर्कको विशेष गरी धारा ११, धारा १३, धारा ९ र १०, र धारा १६ मा रहेको नीति अहिले विश्वका १९ देशमा लागू भएको र ३ देश कार्यान्वयनको चरणमा रहेका छन्।
समान प्याकेजिङ र लेबलिङलाई लोगो, रङको प्रयोगमा प्रतिबन्ध वा निषेध गर्ने कार्यको रूपमा परिभाषित गरिएको छ। ब्रान्ड नामहरू र उत्पादन कम्पनीका नामहरू बाहेक अन्य प्याकेजहरूमा प्रचारात्मक जानकारीहरु राख्न मिल्दैन।
सुर्ती र निकोटिन उत्पादनहरूको समान लेबलिङ र प्याकेजिङ सुर्ती प्याकको क्षेत्रमा सबैभन्दा सफल नीतिहरू मध्ये एक हो। यस नीतिले उपभोक्ताहरू, विशेष गरी युवाहरूको आँखामा उत्पादनको आकर्षणलाई स्थायी रूपमा हटाउँछ।
नेपालमा पनि हाल ९० प्रतिशत भागमा चेतावनीमुलक चत्रात्मक सन्देश राखिएको छ।