काठमाडौं- मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट १ जना कलेजो र २ जना मिर्गौला प्रत्यारोपण गरेका तीनैजना सकुसल डिस्चार्ज भएका छन।
नेपालमा पहिलो पटक मस्तिष्क मृत्यूबाट प्राप्त कलेजो प्रत्यारोपण गरी कलेजो प्रत्यारोपित ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरण थापा अपरेसनको १० दिनमा डिस्चार्ज भएका हुन्।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त २ जनामा मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरिएको थियो।
मिर्गौला प्रत्यारोपण गराएका दुवै बिरामी पनि डिस्चार्ज भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ।
हालसम्म पाँच जना व्यक्तिबाट प्राप्त १० वटा मिर्गाैला र ३ वटा कलेजो प्रत्यारोपण भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्रले श्रेष्ठले जानकारी दिए।