धनगढी- सिकल सेल रोगको व्यवस्थापनबारे धनगढीमा प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को आयोजनामा धनगढीमा सम्मेलन भएको हो।
सम्मेलनमा सुदूरपश्चिममा सिकलसेलका बिरामी बढी भएकाले यसको व्यवस्थापनबारे विज्ञ चिकित्सकहरुबाट राय सुझाव संकलन गरिएको छ।
प्रदेशमा सिकलसेल बिरामीको अवस्था, व्यवस्थापनका लागि गरिएका प्रयास, रोग निवारण लगायतका बारेमा स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डाकटर जगदिश जोशीले प्रस्तुतिकरण गरेका थिए।
सम्मेलनमा भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डे, नेपालगञ्ज मेडिकल कलेजका प्रयाग गौतम, वीर अस्पतालका डा भुपेन्द्र बस्नेत, डा निरज कुमार सिंह, नेपाल चिकित्सक संघका डा शुभेषराज कायस्थ, सेती प्रादेशिक अस्पतालका डा शेरबहादुर कमर, उत्तम भट्ट, महाकाली अस्पतालका डा योगेश भट्ट लगायत चिकित्सकहरुले सिकलसेल बिरामीको व्यवस्थापन, समस्या, चुनौति लगायतका विषयमा राय सुझाव व्यक्त गरेका थिए।