काठमाडौं- सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
कृष्णप्रणामी युवा परिषद्, धरान–६ को आयोजना एवं श्री कृष्ण प्रणामी युवा समाजको सहयोगमा सम्पन्न उक्त शिविरमा १२८ जनाको आँखा परीक्षण गरिएको परिषद्का अध्यक्ष गौरव आचार्यले बताए।
कृष्ण प्रणामी मन्दिर, पानवारी परिसरमा आयोजना गरिएको उक्त शिविरमा १३ जना बिरामीको आँखामा मोतिविन्दु देखिएको सूर्य आई केयरका प्रबन्ध निर्देशक तथा आँखारोग विशेषज्ञ डा ईच्छा जोशी सोनीले बताइन्।
डा सोनीले आँखामा रोग लाग्न नदिन जनचेतना जगाउन आवश्यक रहेको बताइन्।
उक्त शिविरमा निःशुल्क सुगर परीक्षण, ब्लड प्रेसर जाँच समेत गरिएको थियो।