काठमाडौं- नेपाल चिकित्सक संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको छ। भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औं तह मासिक ज्यालादारीमा विज्ञापन गरेको भन्दै ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो।
८ औं तहको मेडिकल अधिकृतहरु पनि ज्यालादारीमा भनि गरिएको विज्ञापन खारेज गरी स्थायी पदपूर्तिको लागि आवश्यक पहल गरियोस् संघका महासचिव डा सन्जिव शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै विशेषज्ञ चिकित्सकको सुरुको नियुक्ति ९ औं तहबाट हुने प्रचलित ऐन, कानून विपरित मासिक ज्यालादारीमा मेडिकल अधिकृतलाई ८ औं तहको मेडिकल अधिकृत भनी प्रकाशित गरिएको सूचना अबिलम्ब सच्च्याउन पनि संघले माग गरेको छ।