काठमाडौं- निजामति कर्मचारी अस्पतालको लागि आह्वान गरिएको विज्ञापन सच्याउन नेपाल दृष्टि विशेषज्ञ संघले माग गरेको छ।
लोक सेवा आयोगलाई पत्र लेख्लै संघले नेपाल स्वास्थ्य ऐन, २०५३ र नियमावली, २०५५ अनुसार कुनै पनि विधामा स्नातकोपाधि प्राप्त उम्मेदवारको अधिकृत तहको न्युनतम ७ औं तह हुने र स्नाकोत्तर पश्चात ९ औं तह हुने व्यवस्थालाई लत्याउँदै सो विज्ञापनबाट अप्ट्रोमेट्री तथा अन्य विधालाई छैठौं तहमा घटुवा गरिएको भन्दै उक्त विज्ञापन सच्याउन माग गरेको छ।
स्वास्थ्य सेवामा विभिन्न विधाका कर्मचारी हुने र कुनै एक विधाका स्वास्थ्यकर्मी बिना स्वास्थ्य सेवा अपूर्ण हुने हुँदा पनि तल्लो तहको कर्मचारी झैं देखाई बढुवाको उचित मौका नदिने सो प्रावधान गलत भएको संघले जनाएको छ।
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/334100387_128423353367276_9009368426324546694_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=B9UF8Ycdau8AX_uSak4&_nc_oc=AQldGOFazY4leF501mnsaXzR61UTv1O9INBwrPXUbXZqz7VPp1IJN4CS5HzpmT7amLA&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSHSv8ClSs_PcfXhXruTTjg_H6PHVryM6EofBRZCrKPgA&oe=6440D281)