चितवन- कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साईकल -यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ। दिवसको अवसरमा जनचेतना जागृत गर्न साईकल -यालीको आयोजना गरिएको हो।
अस्पताल प्राङ्गणबाट सुरु भएको साईकल -याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चोक हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो। उक्त -याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो।
-यालीमा सहभागीहरुले मुख स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए। हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ।