काठमाडौं- गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।
अस्पतालमा सरुवा रोगहरुको उपचारको साथ साथै जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा संचालनमा ल्याईएको अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले जानकारी दिए।
विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष नेतृत्व र निगरानीमा २४ सै घण्टा आकस्मिक र अन्तरंग सेवा, बहिरंग सेवा र बिस्तारित अस्पताल सेवा कार्यक्रम संचालनमा ल्याईएको उनले बताए।
गण्डकी प्रदेश सरकारले आफ्नो स्वामित्वमा रहने गरी संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको थियो। पोखरा महानगरपालिका–३० मा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिंदै गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो। सो