काठमाडौं- विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्माण भएको सोलार प्यानल अस्पताललाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा अस्पतालका निर्देशक डा डम्बर खड्काले दक्ष जनशक्ति भएपनि पुर्वाधार भएन भने दिने सेवामा कति फरक पर्छ भन्दो कुरा कोभिङले सिकाएको उल्लेख गर्दै बिधुतको अभावमा भोग्ने परेको समस्या यो प्रविधिले समाधान गर्ने बताए। उक्त अवसरमा आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा समिर अधिकारीले यसको निरन्तरताका लागि अस्पताल व्यवस्थानलो ध्यान दिनुपर्ने बताए।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधी राजेश सम्भाजीराव पाण्डवले दक्षिण पूर्वि एसियामा यो पहिलो र अत्यन्तै नयाँ प्रविधी जडान भएकोले यसको प्रयोगले कर्णाली र नेपालमा मात्र नभएर विद्युत आपूर्तिको समस्या भएका अन्य मूलकको लागि पनि महत्वपूर्ण सिकाइ हुने बताए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले सोलार प्यानल जडानपछि अक्सिजन प्लयान्ट लगाएत संचालनमा सहज भएको बताए। १५० किलोवाट क्षमताको सोलार प्यानल जडानले अस्पतालका अन्य कार्य संचालनमा समेत सहजता आएको अस्पताल व्यवस्थापनले जनाएको छ।