काठमाडौं- औषधि व्यवस्था विभागले थप ३६ वटा नयाँ औषधि (न्यू मलिक्यूल) दर्ता गर्ने भएको छ। औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले गरेको निर्णय अनुसार विभागले नयाँ औषधि दर्ता गर्न लागेको हो।
औषधि सल्लाहकार समितिको गत पुस १२ गते बसेको बैठकले नयाँ औषधि तथा समिश्रणहरु अनुमोदन गरि विधि र प्रक्रिया पुरा गरी दर्ता गर्न विभागलाई परामर्श दिएको थियो। सोही अनुसार विभागले नयाँ औषधि दर्ताको प्रक्रिया अगाडि बढाएको हो।
विभागले दर्ता गर्ने निर्णय गरेका यी औषधि स्वदेशी कम्पनीबाट उत्पादन हुनुका साथै विदेशबाट पनि आयात गर्न सकिने विभागले जनाएको छ।
यी हुन् विभागले दर्ता गर्ने निर्णय गरेका ३६ नयाँ औषधि
![new molucule.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-03-04/new molucule.jpg)