काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले ६ महिनादेखि तलब नपाएका धनगढी उपमहानगर अन्तरगतका ५४ जना स्वास्थ्यका स्थायी कर्मचारीहरुलाई तत्काल तलब उपलब्ध गराउन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यथाशिघ्र तलबभत्ता उपलब्ध गराउन माग गरे।
केसीले भने, 'संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिए पनि हुन्छ? कि खटाउनेले तलब खाएर नदिइएको हो।'
असोज महिनादेखिको तलब भत्ता नपाएपछि कर्मचारीहरुले दबाबमूलक कार्यक्रम अघि बढाएका छन्।