काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालीकाले पालीका अन्तर्गतका ५५९ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गराएको छ।
कार्यपालीकाको निर्णय तथा सहमती अनुसार पालीका अन्तर्गतका सबै घरपरिवारको स्वास्थ्य बिमा गराएको गाउँपालीकाका अध्यक्ष नारासिं रोकायले बताए।
समुदायका सबै घरपरिवार स्वयं आवद्ध हुने सम्भावना नदेखिएपछि आवद्धता शुल्क पालीकाले नै व्यहोर्ने गरी १४ लाख रुपैयाँ छुट्याईएको थियो। उक्त रकम अपुग हुने भएपछि ५ लाख २८ हजार ८सय ५० रुपैया थप गरी जम्मा १९ लाख २८ हजार ८ सय ५० रुपैया स्वास्थ्य बीमा बोर्डलाई भुक्तनी गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए।
गाउँपालीकाका स्वास्थ्य संयोजक निमा छिरीङ्ग बुढाले भने स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा स्वास्थ्य बिमा कार्यक्रमलाई पनी प्रथामिकतामा राखी कार्यक्रम बनाउने प्रवधानलाई आफ्नो पालीकाले कार्यान्वयन गरेको बताए।
समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणा बारे आम नागरीकले अझै बुझ्न नसकेकै कारण गाउँपालीकाले सबै घरपरीवारको स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय डोल्पाका संयोजक राजन कुमार डाँगीले बताए।