काठमाडौं- गर्मी बढसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालको जनाएको छ।
लामखुट्टेको टोकाईबाट हुने डेंगुबाट बच्ने उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।
डेंगुबाट बच्ने उपायहरु
-पुरा बाहुला भएको लुगा लगाउने
-झुलभित्र मात्र सुत्ने
-घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
-घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
-खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
-गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
-पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
-साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने