काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल उपचारका लागि शिक्षण अस्पताल पुगेका थिए।
उनलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनी पेट र बाँया कोखा दुख्ने समस्या छ। पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।
'शुक्रबार दिउसो १ बजेतिर उहाँ अस्पताल आउनु भएको थियो। त्यसक्रममा उहाँको स्वास्थ्य जाँच गरिएको थियो। आवश्यक जाँचपछि उहाँ फर्कनु भएको थियो,' अस्पतालका एक चिकित्सकले भने, 'शनिबार साँझ पेटमा दुख्ने समस्या भएपछि उहाँ अस्पताल आउनु भएको थियो। अहिले उहाँ अस्पतालमा नै भर्ना हुनु भएको छ।'