काठमाडौं- इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद डा अरुण शाही चयन भएका छन्। शनिबार सम्पन्न संस्थाको चौथो साधारण सभाले डा शाहीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो।
उपाध्यक्ष डा ईला सिंह राठौर, महासचिवमा अमूल श्रेष्ठ, सचिवमा टेक बहादुर थापा, कोषाध्यक्षमा पवन प्रकाश धामी चयन भएका छन्।
यसैगरी सदस्यहरुमा महेन्द्र गिरी, संजिव कुमार, अजिता घिमिरे, सकिल धोबी र हरिकला थापा चयन भएका छन्।