दाङ- लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।
एघारौँ तहका डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक थिए। प्रदेश स्वास्थ्य सचिवमा रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव पद रिक्त थियो।