बागलुङ- ७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश सुनारले हात परेका छन्।
गलकोट नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्यकर्मी स्तरीय मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगतमा बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख सिअहेव सुनारले प्रथम स्थान हासिल गरेका हुन्। सो प्रतियोगितामा आठ समूहको सहभागित रहेको थियो।
ब्याडमिन्टनमा विजयी भएका सुनारलाई गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेल र गलकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलद्वारा पुरस्कार प्रदान गरिएको थियो।
विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टज प्रतियोगिता, सडक नाटक प्रदर्शन र निःशुल्क स्वास्थ्य शिविर तथा स्क्रिनिङ पनि आयोजना गरिएको थियो।