काठमाडौं- दुर्गम हिमाली जिल्ला मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा बौद्व धार्मिक मेला स्थानमै कोभिडको बुस्टर खोप संचालन भएको छ।
गाउँपालिका भित्रका गुम्बाहरूमा वर्षेनि सिद्बि धुम्म्रुक छोक्पा बज्रगूरू महामन्त्र जप गूरू पद्म सम्भवको १० करोड पटक जप्ने पुजाको रूपमा आयोजना गरिएको धामिर्क मेलाहरू हप्तौसम्म लाग्ने गर्दछन्। यो पटक वडा नं ३ स्थित चेजाम्फु भन्ने ठाउमा रहेको नवनिर्मित गुम्वामा बज्रगुरू महामन्त्र आयोजना गरिएको थियो। कार्यक्रममा ५०० भन्दा बढी मानिसहरूको सहभागीता रहेको थियो ।
यसैबीचचैत्र ८ गते देखि सुरू भई १७ गतेसम्म संचालित बज्रगूरू महामन्त्र धार्मिक मेलामा आएका व्यक्तिहरू लाई कोभिड १९ खोपको बुस्टर डोज अभियान सञ्चालन गरिएको छ।
जसमा सहभागी ३८० जनालाई कोभिड १९ खोपको बुस्टर डोजको रूपमा फाइजर खोप प्रदान गरिएको छ। सहभागी धेरै जसो जेष्ठ नागरिक रहेको र उनीहरुले पहिले नै खोप लिए पनि तर हाल सम्म वुस्टर खोप नलगाएको पाइएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले जानकारी दिए।
साथमा मेलामा खटिएका र दर्शन गर्न पुगेका कर्मचारी , स्वास्थ्यकर्मी , शिक्षकहरू लाई पनि बुस्टर खोप दिइएको छ।
खोप स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन दिप रावल तथा स्वास्थ्य कार्यालयको समन्वयमा अभियान संचालन गरिएको थियो। खोप अभियानमा हेल्थ असिस्टेन्ट सोनाम छोन्जोम लामाको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मी खटिइएका थियोे।