काठमाडौं- बागमती प्रदेश सरकारले स्वास्थ्यका विभिन्न निकायका प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। प्रदेश सरकारले बागमती प्रदेशको आपूर्ति केन्द्रका निर्देशकसहित स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो।
स्वास्थ्य कार्यालय काठमाडौंमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे (दशौँं तह) लाई ल्याइएको छ। स्वास्थ्य कार्यालय धादिङमा कामकाज गर्दै आएका घिमिरेको काज फिर्ता गरिएको हो।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख रहेका सतिश विष्ट पनि काज फिर्ता भएपछि प्रदेश स्वास्थ्य निर्देशनालय फिर्ता गएका छन्।
यस्तै स्वास्थ्य कार्यालय ललितपुरको प्रमुखमा डा अर्जुनप्रसाद सापकोटालाई ल्याइएको छ । उनी प्रदेश आपूर्ति केन्द्र हेटौंडामा कामकाज गर्दै आएका थिए । उनको पनि काज फिर्ता गरिएको हो ।
यता प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडामा स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख रहेका बसन्त अधिकारीलाई पठाइएको छ।