काठमाडौं- भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका विभिन्न उपकरणहरु प्रयोग नगरी राखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न १२ प्रकारका उपकरणहरु प्रयोगविहीन अवस्थामा राखिएको उल्लेख छ।
केन्द्रले ७० लाख मूल्यको कल्चर मेसिन एउटा, २२ लाख ५० हजार मूल्यको एनके एनलाइजर एउटा, ८ लाख मूल्यका अटोक्लेभ २ वटा, ३ लाख मूल्यको सेन्ट्रीफ्यूजन एउटा र ४९ लाख ५० हजार मूल्यका ८ प्रकारका मेसिन तथा उपकरण प्रयोगविहीन अवस्थामा राखेको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले ती उपकरणहरु प्रयोगमा ल्याउन सुझाव दिएको छ।