काठमाडौं - कुशल रुपमा सञ्चालन नहुँदा बीसीजी खोप ७९ प्रतिशतसम्म खेर गएको पाइएको छ।
महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो। त्यस्तै रोटा तर्फ न्यूनतम ७ दशमलव ६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएकोले प्राप्त भएको खोपमध्ये रोटा तर्फ न्यूनतम ७.६ प्रतिशत र बीसीजी ७९.३ प्रतिशतसम्म खेर गएको देखिन्छ।’
खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने सुझाव दिएपनि कार्यान्वयन नभएकाले सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।