काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १६०४ जनाको नमुना परीक्षण गरिएको थियो। यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५० जना संक्रमणमुक्त भएका छन्। हाल ३७ जना बिरामी आइसोलेसनमा रहेका छन् भने ११ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत छन्।