काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौं कलेजो प्रत्यारोपण सफल भएको छ। अस्पतालमा मंगलबार प्रत्यारोपण भएको हो।
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्।
'हिजो दशौं बिरामीमा मिर्गौला प्रत्यारोपण सफल भएको छ,' डा भण्डारीले भने, 'अब प्रत्यारोपण नियमित हुन्छ।'
अस्पतालमा यसअघि पुस २९ गते कलेजो प्रत्यारोपण गरिएको थियो।
अस्पतालमा दशौं कलेजो प्रत्यारोपण सफल भएपछि डा भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्।