काठमाडौं- स्नातकोत्तर तह खुलातर्फको भर्ना प्रक्रिया मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्द प्रदर्शन गरेको छ। विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको मुख्यद्धारमा ताला लगाएका छन्।
चिकित्सा शिक्षाको स्नातकोत्तर तहको म्याचिङ मेरिटको आधारमा नभएको भन्दै आयोग विरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार आयोगको कार्यालयको मुख्यद्धारमा ताला लगाएका हुन्।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई भेट्न गएको र आफूहरुलाई गेटबाटै भित्र प्रवेश गर्न नदिएपछि मुख्य गेटमा ताला लगाइदिएको एक विद्यार्थीले जानकारी दिए।
‘हामी आयोगका उपाध्यक्ष डा गिरीलाई भेट्न गएका थियौं, हामीलाई मुलगेटबाट भित्र पस्नै दिइएन, आयोगका पदाधिकारीले भेट्नै मानेनन्,’ उनले भने, ‘ त्यसपछि हामीले गेटबाहिरै नाराबाजी गरेर ताला लगाइदियौ।’
विद्यार्थीहरुले आयोगको उपाध्यक्ष डा गिरीलाई भेट्न नपाएपछि उनी विरुद्ध नाराबाजी गरेका थिए।
आयोगभित्र प्रवेश नपाएपछि आक्रोसित विद्यार्थीहरुले आयोगको सवारी साधानमा ढुंगा हानेका छन्।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीका अनुसार आयोगका सदस्य सचिव भोजराज काफ्लेले चढ्दै आएको गाडीमा विद्यार्थीले ढुंगा हानेका हुन्।
आयोग भित्र पार्किङमा रहेको प्रदेश ३–०१–००२ झ ४८९६ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ।
पीजी तहको भर्ना मेरिटोक्रेसीमा गर्नुपर्ने भन्दै आफूहरुको विरोध गरेको अनेरास्ववियुले जनाएको छ।
आयोगले चैत २६ गते पहिलो चरणको भर्ना पश्चात रिक्त हुन आएका सिटहरुमा दोस्रो चरणको पुनःम्याचिङको भर्नासूची प्रकाशन गरेको थियो। आयोगको उक्त भर्नासूची प्रकाशित लगत्तै विद्यार्थीहरुले मेरिटोक्रेसी मिचेर आयोगले भर्ना लिएको भन्दै आन्दोलन गर्दै आएका छन्।
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/342856026_607448024394821_3846459426940986132_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=okLF2--tJD8AX8x7bIf&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdTVGrlv5I72X5IBpgSCpiy7vUGpUErfhbfjVJSUxGCvGg&oe=646C86A9)
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/340115877_1924784384586666_4949212814930720722_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=t7-yzytTueQAX_q8qk6&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdTUeeknFg4xyvH641gqyGOjwXB3Td34xZOv5iHL3skyPg&oe=646C9114)
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/342705346_1720635588393089_7147488858625793792_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=A0B5CtXv3ucAX8GoMVE&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdTf8rTFBx3URVvtVMtUjcS8FH8oeZ2Xzv8vzqkgNi6Jaw&oe=646C8D50)
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/342806241_224256820251969_4335959305552969987_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=r4t8Uni0QJkAX96CRfu&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSrvykidIEtH3-MipknhCUSC7xOd07ItYZhebzo6Nh8fA&oe=646C7729)
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/340167594_978344259835950_7747100463993740077_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=JGMjBalnZ1YAX-cJ8OQ&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdRw9tXtONR3jQFH7KenR9pwuAKjR0ebrkTrJdrk3y8hcw&oe=646C941D)